|  

यती एयरलाईन्सको ६६ यात्रु बोकेको विमान अवतरणका क्रममा चिप्लियो

२७ असार २०७६, शुक्रबार १२:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं ।  अवतरणका क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा यती एयरलाइन्सको विमान चिप्लिएको छ । नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज आज बिहान धावनमार्गमा चिप्लिएको हो ।

दुर्घटना हुँदा २ जना यात्रु घाइते भएका छन् । कोटेश्वरतर्फको ०-२ बाट अवतरण गर्ने क्रममा रनवेबाट चिप्लिएर जहाज घाँसेचौरको १५ मिटर पर पुगेको थियो ।

जहाजमा चालक दलका ४ र यात्रु ६६ गरी ७० जना थिए।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ । धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमानको उडान अवतरण अवरुद्ध बनेको छ ।

वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने बताइएको छ ।

२७ असार २०७६, शुक्रबार १२:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस