|  

चलचित्र हिरो नं. १ अशोज ३ देखि प्रदर्शनमा आउने

२८ असार २०७६, शनिबार २१:१९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । जय किशन बस्नेत फिल्मस् प्रा.लि.को व्यानरमा पछिल्लो पटक निर्माण भएको चलचित्र हिरो नं. १ को प्रदर्शन मिति सार्वजनिक भएको छ । १४ वटा द्वन्दका दृष्य सहित फूल कमेडी एक्सन जनारामा निर्माण भएको यो चलचित्र यही आउँदो अशोज ३ गतेदेखि देशव्यापी रुपमा प्रदशैनमा आउँन लागेको जानकारी निर्माता तथा नायक जय किशन बस्नेतले दिएका हुन् ।

जाहन्वी बस्नेत-ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेको यस चलचित्रमा जय किशन बस्नेत, जाहन्वी बस्नेत, एलिना रायमाझी, राजिव जंग बस्नेत, लय संग्रौला, संघरत्न महर्जन, टार्जन, शोभित बस्नेत, राजु गिरी, आशिका अधिकारी, आरोही श्रेष्ठ, माया तामाङ, रमा श्रेष्ठ, प्रनिप अधिकारी, बिक्रम माङ्मु, रामजी राउत, ज्ञान कुमार कट्टेल, शुभेक्षा थापा, माया उपरकोटी, राजेश जंग बस्नेत, मदन ताम्राकार, रवि के.सी. लगायतले अभिनय गरेका छन् भने बिनोद सापकोटाको छायाँकन, शंकर महर्जनको द्वन्द, ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, जय किशन बस्नेत र किशोर थापाको नृत्य तथा सुदिप पाण्डेको सम्पादन रहेको छ भने लेखन, निर्माण र निर्देशन समेत जय किशन बस्नेतको रहेको छ ।
काठमाडौं, दोलालघाट, दामन, मुडे, तनहुँ, भिमाद, पोखरा, बन्दिपुर, कुलेखानी, मार्खु, चित्लाङ, मनाङ, मुस्ताङ, स्याङ्जा, नुवाकोट जस्ता देशका विभिन्न रमणीय स्थानहरुमा छायाँकन गरिएको यो चलचित्र फूल कमेडी एक्सन जनारामा निर्माण गरिएको बताईएको छ । चलचित्र हिरो नं. १ आउँदो अशोज ३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँन लागेको छ ।

हाल धमाधम पोष्ट प्रोडक्सनको काम भई रहेको यस चलचित्रको छायाँकन अवधि नै ३ महिना लाग्दा सामान्य तह: पाँच वटा नेपाली चलचित्र निर्माणको खर्च लागेको बताईको छ । जसले गर्दा यो चलचित्र नेपाली चलचित्र उद्योगमा हालसम्मकै महंगो चलचित्र बनेको छ ।

२८ असार २०७६, शनिबार २१:१९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस