|  

‘द भ्वाइस अफ नेपाल’ सिजन २, साउन ३१ गते बाट प्रशारण हुने

१७ श्रावण २०७६, शुक्रबार १६:१० प्रकाशित
प्रदेश हव न्युज डेक्स


काठमाडौं । कला र गलाको उजागर गर्ने उदेश्य ले नेपाल मा पछिल्लो समय विभिन्न सिङगिङ रियालिटी शो भैरहेका छन। नेपाल आइडल, नेपाल लोक स्टार लगाएत अर्को एउटा सिङगिङ रियालिटी शो हो ‘द भ्वाइस अफ नेपाल’। जसको सिजन–२ यही साउन ३१ गतेबाट प्रशारण हुने भएको छ । पछिल्लोपटक साउन २४ गतेबाट प्रशारण हुने भनिएको ‘द भ्वाइस अफ नेपाल’ ३१ गतेबाट मात्रै प्रशारण हुने बताइएको छ।

सिजन–२ मा दुई जना कोच फेरिएका छन् । सनुप पौडेल, अभया सुब्बाको ठाउँमा राजु लामा र आस्था राउतले प्रवेश पाएका छन् । दीप श्रेष्ठ र प्रमोद खरेल यथावत छन् ।
सिजन १ अत्याधिक रुचाइएको उक्त कार्यक्रम हरेक शुक्रबार र शनिबार हप्ताको दुई प्रशारण हुने ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले बताए । हिमालयन टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम साँझ ८ बजेबाट प्रशारण हुनेछ ।

गत वर्ष ‘ब्लाइन्ड’, ‘ब्याटल’ र ‘लाइभ’ शो हुँदै फिनाले भएकोमा सिजन–२ मा ‘नक आउट चरण’ पनि थपिएको छ । सिजन–२ मा ‘लाइभ शो’मा एकै दिन गत सिजनमा जस्तो चारजना बाहिरिने छैनन् । कार्यक्रम ३२ वटा श्रृंखला प्रशारण हुने जनाईएको छ ।
‘डिजिटल अडिशन’बाट ११० जना प्रतिस्पर्धी छनोट गरेको ‘द भ्वाइस अफ नेपाल’मा डिजिटल अडिशनमा दुई हजार दुई सय सहभागी भएका थिए ।

१७ श्रावण २०७६, शुक्रबार १६:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस