|  

नक्कले भिनाजु ३ सार्वजनिक, भिडियो सहित

१८ श्रावण २०७६, शनिबार ०७:२७ प्रकाशित
प्रदेश हव न्युज डेक्स


रायमाझी परिवारको तीज गीत नक्कले भिनाजु ३ ‘लर्के भिना’ बजारमा आएको छ । उक्त गीतमा विशाल रायमाझी, हरिमाया रायमाझी र शर्मिला रायमाझीको स्वर रहेको छ । हरिमाया रायमाझीको शब्द र विशाल रायमाझीको संगीत रहेको गीतमा कमल सौरागले एरेन्ज गरेका छन् ।

कमेडी शैलीमा बनाइएको तीज गीत विशुद्ध नयाँ खालको रहेको छ । यसपालीको कमेडी तीजमा नक्कले भिनाजु ३ नै उत्कृष्ट रहेको छ । नक्कले भिनाजु भाग १ देखि अहिलेको ३ सम्मका सबै गीतहरुलाई दर्शकले रुचाएका छन् ।

राजकुमार मगरको निर्देशन र सम्पादनमा बनेको गीतको भीडीयोमा अभीनय सुरविर पण्डित, एलिना रायमाझी र अर्जुन कुँवरले गरेका छन् । छायांकन सागर गौतमले गरेका छन् ।

अर्घाखाँचीमा जन्मेर काठमाडौंमा बसी सङ्घर्ष गरेका एउटै घरका रायमाझी परिवारका दाजु, दिदि, बहिनीहरु मिलेर गीत बनाएका हुन् । हरिमाया रायमाझी, विशाद रायमाझी, शर्मिला रायमाझी र एलिना रायमाझीले दरबारमार्गमा क्वीन दोहोरी साँझ समेत चलाएका छन् । हरिमाया रायमाझी, विशाल रायमाझी र शर्मिला रायमाझी गायक/गायीका हुन् भने एलिना रायमाझी अहिलेको चर्चिक मोडल तथा नायिका हुन् ।
भिडियो हेर्नुहोस……

१८ श्रावण २०७६, शनिबार ०७:२७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस