|  

‘अधुरो सपना’ पछि कटुवालको नयाँ उपन्यास ‘रेडलाइट’ बजारमा

१९ श्रावण २०७६, आईतवार १९:०३ प्रकाशित
प्रदेश हव न्युज डेक्स


धादिङ , श्रावण १९
उपन्यासकार हरि कटुवालको दोस्रो उपन्यास ‘रेडलाइट’ बजारमा आएको छ । ‘अधुरो सपना’ उपन्यास लेखेर नेपाली साहित्यमा यसअघिनै आफ्नो प्रभाव जमाउन सफल लेखक कटुवालले दोस्रो उपन्यासमा पनि समाजिक यथार्थलाई उजागर गरेका छन् ।

उपन्यासकार कटुवालका अनुसार रेडलाइट उपन्यासमा उनले कथाको परम्परागत शैलीलाई भन्दा विषयवस्तुको प्रभावलाई बढी महत्त्व दिएका छन् ।

उपन्यासमा वेश्यावृत्ति र महिला हिंसाका घटनासहित सामाजिक कुरीतिका विषयमा समेटिएको छ ।
राइटर्स पब्लिकेसनले प्रकाशन गरेको पुस्तकको मूल्य ३ सय २५ रहेको छ । विभिन्न साहित्यिक बिधा मा कलम चलाउने कटुवाल गीत लेखनमा पनि कलम चलाउने गर्दछन। उनको नयाँ गीत ‘नाचौं छमछम’ केहि समय अघि युट्युबमा आएको थियो।
प्रतिक्रिया को लागी: 

हरि कटुवाल:

[email protected]

१९ श्रावण २०७६, आईतवार १९:०३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस