|  

सुवास जम्कटेल को बाँच्न जति गाह्रो हुन्छ सार्बजनिक हुँदै

२२ श्रावण २०७६, बुधबार २३:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


कवि तथा गजलकार सुवास जमरकट्टेलले गीतकारको रुपमा पनि डेब्यु गरेका छन् । उनी ‘बाँच्न जति गाह्रो हुन्छ’ बोलको गीत लिएर आएका हुन् ।

२०७५ पुस १८ गते सडक दुर्घटनामा परेर मेरुदण्ड पक्षघात भई ४ महिना अस्पतालमा बस्दा उनले उक्त गीत लेखेका हुन् । गीतमा आफ्नै पीडा समेटिएको उनले बताएका छन् । गीतमा विकास चौधरीले संगीत भरेका छन् भने स्वर दीपक लिम्बूको रहेको छ ।

विज्ञमन राईको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा शाहिल खान र सायशा बस्टाकोटीको अभिनय रहेको छ । भिडियो मुभि फ्याक्ट्रीको सहकार्यमा गौतम क्रिएसनको ब्यानरमा निर्माण गरिएको हो ।

२२ श्रावण २०७६, बुधबार २३:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस