|  

पर्यटन प्रबर्द्धनमा 2020 को लागी भरतपुर महानगरको म्युजिक भिडियो सार्बजनिक

२९ श्रावण २०७६, बुधबार २२:४१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


 

काठमाडौं– भरतपुर महानगरपालिकाले नगरको पर्यटनमा सहयोग पुर्याउने उद्देश्यले म्युजिक भिडियो निर्माण गरेको छ।  देश भ्रमण वर्ष २०२० मनाउने तयारीमा रहेका बेला महानगरपालिकाले पर्यटन प्रवर्द्धन गर्न नाैलाे तरिका अपनाएकाे हाे।

उक्त गीतको भिडियो ‘गजब टिभी यूट्युब च्यानल’मार्फत सार्वजनिक गरिएको छ। गीतकार दिनेश थपलियाको शब्द रहेको गीतमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, स्मिता दाहाल, विन्दु परियार र ध्रुव विस्कोले स्वर दिएका छन्। संगीत भने दीपक शर्माको रहेको छ।

म्युजिक भिडियोको निर्देशन सरोज ओलीले गरेका हुन्। अमन मानन्धरको सम्पादन, रेशिन फागोको कलर रहेको गीतमा सुदीप बराल सिनेमाटोग्राफर छन्।

म्युजिक भिडियोमा भरतपुर महानगरका सहरी क्षेत्रसँगै प्राकृतिक पर्यटकीय, साँस्कृतिक तथा ऐतिहासिक स्थलहरुको दृश्यहरु प्रस्तुत गरिएको छ।

भिडियो

२९ श्रावण २०७६, बुधबार २२:४१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस