|  

प्रदेश लोक सेवा आयोग गठन गर्ने तयारी तिव्र गतिमा

५ भाद्र २०७६, बिहीबार १०:४२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


५ भाद्र २०७६

हेटौंडा । प्रदेश नम्बर ३ को आज साँझ सम्पन्न मन्पिरिषद्को बैठकले प्रदेश लोक सेवा आयोग गठन गर्ने लगायतका निर्णय गरेको छ । बैठकले प्रदेश लोक सेवा आयोगको गठन, काम कर्तव्य अधिकार र कार्यविधिका सम्वन्धमा व्यावस्था गर्न वनेको बिधेयक प्रदेश सभामा पेस गर्ने निर्णय गरेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता कैलाश प्रसाद ढुङ्गेलले वताउनुभयो ।

यो बिधेयक संसदमा पेस गरे संगै प्रदेशमा लोकसेवा आयोग गठन हुने बाटो खुलेको उहाँले बताउनुभयो । प्रदेश सभाबाट बिधेयक पास भएपछी आयोग गठन गरेर कर्मचारी भर्ना गर्ने बाटो खुल्ने छ । यसैगरी बैठकले प्रदेश एकिकृत अनुदान व्यावस्थापन कार्यबिधि २०७६ को मस्यौदा स्वीकृतिगर्ने निर्णय गरेको छ ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगतको पर्यटन विकास आयोजनाका लागि अस्थायी दरवन्दी स्वीकृति दिने निर्णय पनि बैठकले गरेको प्रबक्ता ढुङ्गेलले बताउनुभयो । यसअघि आयोजनामा प्राबिधिकको दरवन्दी नहुँदा आयोजनाको धेरै काम गर्नका लागि समस्या भएको थियो । तर, अव आयोजनाको काम गर्नका लागि बाटो खुलेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बैठक वसेको हो । साभार : जनपत्र।

५ भाद्र २०७६, बिहीबार १०:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस