|  

गजुरी-७ मा वडा स्तरीय युवा क्लव गठन, अध्यक्षमा नबिना पण्डित

२८ बैशाख २०८१, शुक्रबार १६:४७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । गजुरी गाउँपालिका वडा नम्वर ७ मा वडा स्तरीय युवा क्लव गठन गरिएको छ । वडा अध्यक्ष बद्री प्रसाद जमकट्टेलको उपस्थितीमा सम्पन्न युवाहरुको भेलाले नबिना पण्डितको अध्यक्षतामा युवा क्लव गठन गरेको हो ।

क्लवको उपाध्यक्षमा रुपक अधिकारी, कोषाध्यक्षमा मनिशा पराजुली तथा सचिव प्रकाश श्रेष्ठ चन भएका छन् । वडाका सवै टोलका युवालाई समेटेर युवा क्लव गठन गरिएको अध्यक्ष जमकट्टेलले बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष बद्री प्रसाद जमकट्टेलले समाज परिवर्तनमा युवाहरूको अतुलनीय योगदान रहने बताउनुभयो । उहाँले विकास निर्माण सँगसँगै विभिन्न कार्यक्रममा युवाहरूको सहभागीताले थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

२८ बैशाख २०८१, शुक्रबार १६:४७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस