|  

नेपाल राष्ट्रिय अभिभावक महासङ धादिङको अधिवेशन कात्तिक १६ गते हुने

२० भाद्र २०७६, शुक्रबार १७:१३ प्रकाशित
प्रदेश हव न्युज डेक्स


धादिङ सदरमुकाम धादिङबेशीमा नेपाल राष्ट्रिय अभिभावक महासङ धादिङको जिल्ला सम्मेलन आयोजक समितिको छलफल कार्यक्रम शुक्रबार सप्पन्न भएको छ। कार्यक्रम संयोजक शालिकराम अर्यालको अध्यक्षतामा धादिङबेशी स्थित मदन आश्रीत भवनमा बसेको बैठकले अधिवेशनका लागि विभिन्न समितिहरु बनाएको छ ।

प्रचार प्रसार समितिको संयोजक मा धुनिबेशीका रमेश प्रसाद आचार्य र सदस्यहरुमा निलकन्ठकी सबिता अर्याल र निलकन्ठका शिवराज सापकोटा त्यसैगरी आर्थिक समितिको संयोजक मा नलाङका शालिकराम अर्याल र सदस्यमा गल्छीका रामशरण सेन्चुरी , बेनिघाट रोराङ्का खेमराज भुजेल , निलकन्ठकी पार्वती श्रेष्ठ र निलकन्ठका बेग बहादुर सुनार तथा अथिती सत्कार तथा मंच व्यबस्थापन समितीको संयोजक मा गजुरीकी चेलिमाया तमाङ् र सदस्यहरुमा सिद्धलेकका बद्री प्रसाद सिल्वाल र गल्छीका रामकृष्ण वाग्ले रहेको समिती गठन गरेको छ।

त्यसैगरि सदस्यता बिस्तार तथा बितरण का लागि जिल्ला सम्मेलन आयोजक समितिको सदस्यहरुले आ आफ्नो पालिकामा सदस्य बितरण गर्ने र सबै पालिकामा सदस्य विस्तार तथा पालिका स्तरीय समिती गठन गर्ने निर्णय गरिएको छ । त्यसैगरी बेग बहादुर सुनारलाई कार्यालय सचिबको जिम्मेवारी दिइएको छ । यस अघि भाद्र १० गते नेपाल राष्ट्रिय अभिभावक महासङ धादिङको अधिवेशन आयोजक समिती गठन भएको थियो ।
नेपाल राष्ट्रिय अभिभावक महासङ धादिङको अधिवेशन आगामी कात्तिक १६ गते हुने आयोजक ले प्रदेश हव न्युज डेक्स लाई जानकारी दिएको छ।

२० भाद्र २०७६, शुक्रबार १७:१३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस