|  

नेकपा धादिङ  १३ वटै स्थानीय तहको नेतृत्व चयन (सूचिसहित)

२१ भाद्र २०७६, शनिबार १९:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ जिल्ला कमिटीले पार्टी एकताको लामो समय पछि जिल्लाका १३  वटै स्थानीय  तहको  नेतृत्व टुंगो लगाएको हो  ।

आज शनिबार धादिङबेशी स्थित पार्टी कार्यालयमा पार्टी अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा बसेको जिल्ला कमिटीको पूर्ण बैैठकले १३ वटै स्थानीय तहको नेतृत्वको टुुंंगो लगाएको हो ।

जस अनुसार तत्कालिन नेकपा एमालेले आठ र तत्कालिन नेकपा माओवादी केन्द्रले पाँच वटा स्थानीय तहको नेतृत्व बाँडफाँट गरेका हुन् ।

हेर्नुहोस सूचि

रूबिभ्यली अध्यक्ष : रामसिह तामाङ
सचिब : पुरन तामाङ
खनियाबास अध्यक्ष : फुरबहादुर तामाङ
सचिब : लाल बहादुर तामाङ
नेत्रावति दबजाेङ अध्यक्ष : प्रेम तामाङ
सचिब : सुबर्ण रिमाल
गगा जमुना अध्यक्ष : बिष्णु सिम्खडा
सचिब : रामेश्वर सिम्खडा
त्रिपुरासुन्दरी अध्यक्ष : रामहरी अधिकारी
सचिब : सुवास अधिकारी
ज्वालामुखी अध्यक्ष : धर्म बहादुर अर्याल
सचिब : कृष्णमान श्रेष्ठ
निलकण्ठ नपा अध्यक्ष : दिपक बि क
सचिब : हरी श्रेष्ठ
शिद्दलेक अध्यक्ष : खुन बहादुर थापा
सचिब : पुष्प थपलिया
बेनिघाट राेराङ अध्यक्ष : कृष्ण थपलिया बिबेक
सचिब : रमेश भट्टराई
गजुरी अध्यक्ष : सुर्य बहादुर दाेङ तामाङ
सचिब : माधब भण्डारी
गल्छि अध्यक्ष : केदार खतिवडा
सचिब : राम शरण सेञ्चुरी
थाक्रे अध्यक्ष : कृष्ण पन्त
सचिब : यन्त्र बहादुर थापा जिन्दगी
धुनिबेशी नपा अध्यक्ष : रामराजा पान्डे
सचिब : राज कुमार पाठक ।

२१ भाद्र २०७६, शनिबार १९:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस