|  

कानुनी सहजकर्ता अभिमुखिकरण तालिम शुरु

२४ भाद्र २०७६, मंगलवार १०:२३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


लोक बहादुर गुरुङ (कमल)
मकवानपुर भाद्र २४
प्रदेश ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको कानुनी सहजकर्ता अभिमुखिकरण तालिम प्रदेश ३ का मुख्यमन्त्री माननीय डोरमणी पौडेलले उद्घाटन गर्नुभयो ।

“प्रदेश सरकारको पहिचान नि:शुल्क कानुनी जनसाहायता अभियान” प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रदेश भित्र अन्यायमा परेका महिला, दलित, अपाङ्गता, द्वन्द्व पीडित, तथा गरिबिको रेखामुनि रहेका व्याक्ती लगायत विभिन्न वर्ग समुदायलाई कानुनी साहायता प्रदानगर्ने उदेश्यले प्रदेश सरकारले स्थानीय सरकार सग सहकार्य गरि प्रदेश ३ का १३ जिल्लाको माहानगरपालिका बाहेकका सबै स्थानीय तहमा कानुनी सहजकर्ता नियुक्ति गरि ३ दिने अभिमुखिकरण तालिम शुरु भएको हो ।

२४ भाद्र २०७६, मंगलवार १०:२३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस