|  

आत्महत्या रोकथाम विषयमा कार्यक्रम सम्पन्न

२६ भाद्र २०७६, बिहीबार १३:०५ प्रकाशित
प्रदेश हव न्युज डेक्स


२६ भदौ, धादिङ
विश्व आत्महत्या रोकथाम दिवस २०७६ को अवसरमा गजुरी गाउँ पालिका-१ गजुरी बजार स्थित आदर्श मा.वि. मा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या रोकथाम विषयमा अन्तक्रियात्मक तथा प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय गजुरिका प्रहरी निरीक्षक भोज राज पाण्डेले आत्महत्याका घटनाहरु प्राय: सामाजिक संजालहरुको दुरुपयोग, पारिवारिक विचलन र असीमित ईच्छाका कारण हुने गरेकोले आत्महत्या न्यूनीकरणको लागि चाल्नुपर्ने कदमका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, छात्र, छात्राहरु गरी जम्मा १०० जानको सहभागिता रहेको।

 

२६ भाद्र २०७६, बिहीबार १३:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस