|  

सञ्चारकर्मी धर्मेन्द्र श्रेष्ठको ‘धोका हुदैन’ गितको म्युजिक भिडियो सार्वजनिक

२७ भाद्र २०७६, शुक्रबार १५:३६ प्रकाशित
प्रदेश हव न्युज डेक्स


धादिङ, २७ भाद्र
धादिङ का सञ्चारकर्मी धर्मेन्द्र श्रेष्ठको दोस्रो गीत ‘धोका हुदैन’ शुक्रबार सार्वजनिक भएको छ ।

विगत ५ बर्षदेखि रेडियो बिहानी ९७.६ मेगाहर्ज र धादिङ जिल्लाकै पहिलो र एक मात्र टेलिभिजन दिव्यदर्शन टेलिभिजनमा कार्यक्रम प्रमुखको रुपमा कार्यरत धर्मेन्द्र श्रेष्ठको यो दोस्रो कोसेली हो ।

अहिलेको चर्चित गायिका मेलिना राई र धर्मेन्द्र श्रेष्ठको आवाज साथै सञ्चारकर्मी बिनोद तमुको र्यापमा रहेको सोहि गितमा चर्चित गितकार प्रमोद भण्डारीले शब्द भरेका हुन् भने चर्चित संगीतकार तथा गाएक कमल अधिकारीको मिठो संगीत र एरेन्ज रहेको छ ।

रोहन लामा गुरुङ र सुस्मिता तामाङको साथमा एम डान्स स्टुडियो ग्रुपका अभिनय तथा डान्स रहेको यस गीतको भिडियोलाई प्रवेश पोखरेलले छायांकन गरेका हुन् ।
एम डान्स स्टुडियो का प्रोप्राईटर आशिष रानाले कोरियोग्राफ तथा निर्देशन गरेको भिडियोमा सम्पादन भने अभि जंग साहिले गरेका हुन् ।

उक्त गित को म्युजिक भिडियो Sky TV Nepal द्वारा सार्वजानिक भएको छ ।

भिडियो हेर्नुहोस् ……

२७ भाद्र २०७६, शुक्रबार १५:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस