|  

धादिङ का क्युट कृशल र रिमा को अभिनय रहेको ‘हाम्रो माया’ बोलको गित बजारमा

२७ भाद्र २०७६, शुक्रबार १८:३१ प्रकाशित
प्रदेश हव न्युज डेक्स


भाद्र २७, धादिङ
चर्चित गायिका मेलिना राईको स्वरमा ‘हाम्रो माया’ बोलको गीत शुक्रबार सार्वजनिक भएको छ । रोमान्टिक आधुनिक गीतमा नेपाल आइडलका कृशल कंडेल र रिमा गौतम को उत्कृष्ट अभिनय देख्न सकिन्छ।

अशोक कुमार तामाङको शब्द रहेको गीतमा सुर्य दयालुको संगीत रहेको छ भने संगीत संयोजन रिकेश गुरुङको रहेको छ । बुद्ध थापाले खिचेको म्युजिक भिडियोलाई नविन निरौलाले सम्पादन गरेका छन् । यो म्युजिक भिडियोलाई जिवन शाहीले निर्देशन गरेका हुन्

सेड्रिना शर्मासँग कृशलले मोडलिङ गरेको ओढेर घुङघट गीत र भिडियो यस अघि अत्याधिक रुचाइएको थियो ।
नेपाल आइडल सिजन २ मा सहभागी भइ सुमधुर स्वर मार्फत प्रिय बनेका कृशलले मोडलिंगमा पनि पाइला अगाडी बढाएका छन् ।
हेर्नुहोस भिडियो…..

२७ भाद्र २०७६, शुक्रबार १८:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस