|  

डेङ्गु नियन्त्रण बारे अभिमुखिकरण सहित सरसफाइ कार्यक्रम सम्पन्न

२८ भाद्र २०७६, शनिबार १९:०२ प्रकाशित
भुवन भण्डारी


भाद्र २८, धादिङ
पछिल्लो समय देशका विभिन्न ठाउँमा फैलिएको डेङ्गु ले आम मानिस मा त्रास फैलिएको छ। यसैबीच यसको नियन्त्रण अभियान गजुरि गाउँपालिका वडा नं.५ ले सुरु गरेको छ।
जिम्मेवारी बाँडफाँड सहित गजुरि -५ मा अाज बाट घर वरपर सरसफाइ सहित अभिमुखिकरण गरेको छ।अभियानमा स्थानीय,इलाका प्रहरि कार्यालय गजुरी, जनप्रतिनिधि, सामाजिक अभियान्ता,महिला समूह टाेल सुधार समूह लगाएत को सक्रिय सहभागीता रहेको थियोे।
अाज पहिलो दिन गलौदी एरिया सरसफाइ सहित अभिमुखिकण भएको थियो। वडा अध्यक्ष रामचन्द्र मिजार का अनुसार याे कार्यक्रम सप्ताह व्यापी रूपमा बजार एरिया सङ्गै ग्रामीण इलाका मा पनि गर्ने बताउनु भयो। साथै अाम वडा बासिहरु लाई डेङ्गुबाट बच्न घर वरपर सरसफाइ गर्न,झाडिहरु हटाउन र गाल्टा खुल्टि पुर्न वडा रामचन्द्र मिजार ले अनुरोध गर्नुभएको छ।

२८ भाद्र २०७६, शनिबार १९:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस