|  

संविधान दिवसको अवशरमा थाक्रे गाउँपालिकामा अनिबार्य र निःशुल्क शिक्षा घोषणा

३ आश्विन २०७६, शुक्रबार २१:२८ प्रकाशित
पुजन थापा पुजन थापा

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


पुजन थापा /महादेवबेशी
पाँचौं संविधान दिवसको अवशरमा धादिङ जिल्लाको थाँक्रे गाउँपालिकाले अनिवार्य र निःशुल्क शिक्षा घोषणा गरेको छ । आज एक विषेश कार्यक्रमका विच घोषणा गरिएको हो ।
नेपालको संविधान २०७२ को धारा ३१ को उपधारा २ बमोजीम सबै समुदायका बालबालीहरु लाई सरकारी तथा गैर सरकारी संस्था र अन्य सरोकारवालाहरुको समन्वय र सहकार्यमा गाउँपालिका लाई आधारभूत तह सम्मको शिक्षा, अनिबार्य र निःशुल्क गरिएको छ भने माध्यमिक सम्मको शिक्षा निःशुल्क घोषण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कंडेलले शिक्षा क्षेत्रलाई संविधानमा नै मैलिक हरुको रुपमा लिएको र यसको कार्यन्वयन स्थानिय तहले नै गर्नु पर्ने भएकाले गाउँपालिकाको यो कार्यक्रम सह्रानिय भएको बताए । साथै उहाँले संविधान कार्यन्यनमा केन्द्र तथा प्रदेश सरकार भन्दा स्थानिय तह महत्वपूर्ण अंग भएकाले आफ्ना नागरिकहरु लाई हक अधिकार दिलाउन स्थानिय तहहरु जिम्बेवार हुनु पर्ने बताए ।
गाँउँपालिका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका सदस्य उर्मिला रेग्मी, नेकपा ३ नम्वर प्रदेश कमिटि सदस्य दिपक लामिछाने, नेकपा थाक्रेका अध्यक्ष कृष्ण पन्त, गैसस महासघंका केन्द्रीय सदस्य गोकर्ण रूपाखेती लगायतले मन्तव्य राख्नुभएको थियो ।

३ आश्विन २०७६, शुक्रबार २१:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस