|  

प्रथम मझिमटार दशैं महोत्सव शुरु, स्थानिय उत्पादनलाई प्रवर्दन गरिने

७ आश्विन २०७६, मंगलवार २२:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


राजन अधिकारी/धादिङ
बेनिघाट रोराङ गाउँपालिका वडा नं. ९, अन्तर्गत पर्ने मझिमटार बजारमा मंगलवार देखि प्रथम मझिमटार दशैं महोत्सव शुरु भएको छ । हाइवे स्पोर्टस क्लब जोगिमारा मझिमटारको आयोजनामा शुरु भएको कार्यक्रको धादिङ क्षेत्र नं. १ का प्रतिनिधी सभाका सदस्य भुमि त्रिपाठीले एक समारोहका विच उद्घाटन गर्नु भयो । महोत्सवमा स्थानिय उत्पादन, कला संस्कृतीको प्रचार प्रसार तथा प्रवर्दन गर्ने गरि संचालन गर्न आग्रह गर्दै त्रिपाठीले गाउँमा उत्पादन भएका फलफुल तथा कृषि जन्य उत्पादनले महोत्सवमा स्थान दिन आग्रह गर्नु भयो । देश समृद्धीको यात्रामा अघि वढेको भन्दै सवैले यसलाई सफल पार्नु पर्ने बताउनु भयो । गाउँघरमा हुने यस्ता मेला महोत्सवले उत्पादन सँग जोड्दै, सबै शुःखीहुनु पर्ने बताउनु भयो ।

   १० दिन सम्म चल्ने महोत्सवको उद्घाटन कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख पित्त बहादुर डल्लाकोटीको विषेश आतिथ्यता रहेको थियो भने नेकपाका बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया, नेपाली काँग्रेसका प्रतिनिधी, गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत लक्ष्मण भट्टराई, धादिङ उद्योग बाणिज्य संघका कोषाध्यक्ष रामकुमार डल्लाकोटी लगायतको आतिथ्यता रहेको थियो । महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, स्थानीय जातजातिहरुको संस्कृति, खानाका परिकार, भेषभूषा, धार्मिक एवं पर्यटकीय स्थलको अवलोकन, रमाइलो मेला, बाल उद्यान आकर्षणका रुपमा रहेका छन् ।

      नमस्ते नेपाल इभेन्टले ब्यवस्थापन गरको महोत्सवमा ११० वटा स्ट्रल रहेका छन् भने महोत्सवमा १ करोड बरावरको कारोवार हुने व्यवस्थापक राजकुमार सिग्देलले बताउनु भयो । महोत्सवलाई सफल बनाउनको लागि नमस्ते नेपाल इभेन्टको तर्फबाट व्यवस्थापकहरु राजकुमार सिग्देल, हेमु थापा, दिनेश पराजुली र सन्दिप थापाले महत्वपूर्ण भुमिका खेलेका छन् । महोत्सव असोज १७ गते सम्म चल्ने छ ।

महोत्सवमा कैद गरिएका तस्विरहरु :

७ आश्विन २०७६, मंगलवार २२:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस