|  

महोत्सव को छैठौं दिन मझिमटार मा गायिका ज्योति मगर को धमाकेदार प्रस्तुति

१२ आश्विन २०७६, आईतवार २३:१५ प्रकाशित
किशोर अधिकारी


असोज १२, धादिङ
बेनिघाट रोराङ गाउँपालिका वडा नं। ९, अन्तर्गत पर्ने मझिमटार बजारमा ७ देखि शुरु भएको प्रथम मझिमटार दशैं महोत्सव मा आइतबार हट मोडल तथा गायीका ज्योती मगर लगायतका कलाकारहरु ले आफ्नो प्रस्तुति प्रस्तुत गरेका छन।

हाइवे स्पोर्टस क्लब जोगिमारा मझिमटारको आयोजनामा शुरु भएको कार्यक्रको आज छैठौं दिन विभिन्न कलाकारहरुको साथमा सम्पन्न भएको हो ।
महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, स्थानीय जातजातिहरुको संस्कृति, खानाका परिकार, भेषभूषा, धार्मिक एवं पर्यटकीय स्थलको अवलोकन, रमाइलो मेला, बाल उद्यान आकर्षणका रुपमा रहेका छन् ।
नमस्ते नेपाल इभेन्टले ब्यवस्थापन गरको महोत्सवमा ११० वटा स्ट्रल रहेका छन् भने महोत्सवमा १ करोड बरावरको कारोवार हुने व्यवस्थापक राजकुमार सिग्देलले बताउनु भयो । महोत्सवलाई सफल बनाउनको लागि नमस्ते नेपाल इभेन्टको तर्फबाट व्यवस्थापकहरु राजकुमार सिग्देल, हेमु थापा, दिनेश पराजुली र सन्दिप थापाले महत्वपूर्ण भुमिका खेलेका छन् । महोत्सव असोज १८ गते सम्म चल्ने छ । आजको कार्यक्रममा ज्योती मगर सँगै कलाकारहरु अविरल मगर, राजेश गुरुङ लगायत स्थानिय कलाकार हरुको प्रस्तुति रहेको थियो।

 

१२ आश्विन २०७६, आईतवार २३:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस