|  

तेस्रो भैरवी कप फुटबल हुने

१३ आश्विन २०७६, सोमबार ०८:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


१३ असोज गोर्खा गण्डकी गाउपालिकाको वडा नं ६ को भैरवी चौउरमा वडा स्तरीय तेस्रो भैरवी कप हुने भएको छ।

भैरवी युवा कल्ब (BYC) को आयोजनामा ६ नं वडा कार्यलय संरक्षकत्वमा विजय दशमी, शुभ दिपावलि र छ्ट पर्वको अबसर पारेर तेस्रो भैरवी कप फुटवल प्रतियोगिता गर्न लागेको हो । खेलको उद्घाटन गण्डकी गापा अध्यक्ष श्री होम ब राना मगरले गर्ने कल्वका अध्यक्ष भरत गुरुङले जानकारी दिनु भयो ।

२२ गत्ते बाट शुरु हुने खेलमा गन्डकि गापा भित्र प्रत्येक वडाको बढिमा ३ टिमलाइ सहभागी गराइने भएको छ ।
विजेता र उपविजेता टिमले क्रमश पचास हजार र तिसहजार नगत सहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने कल्वका अध्यक्ष भारत गुरुङले जानकारी दिनु भयो ।

१३ आश्विन २०७६, सोमबार ०८:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस