|  

सडक दुर्घटना न्युनिकरण अभियानमा गजुरि गाउँपालिका र इलाका प्रहरी कार्यालय गजुरी

१३ आश्विन २०७६, सोमबार १८:०२ प्रकाशित

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


भुवन भण्डारी/धादिङ
“सामुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत आज मिती २०७६।०६।१३ गते सोमवार बिहान ०८:०० देखी ०८:३० बजेसम्म गजुरी गाउँपालिका, ईलाका प्रहरी कार्यालय गजुरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी,धादिङको संयुक्त आयोजनामा गजुरी गाउँपालिका वडा नं. १ गजुरी बजारमा नजिकिदै गरेको नेपालीहरुको महान चाड बिजया दशमी, शुभ-दिपावली र छठ पर्वको अबसरमा लामो तथा छोटो दुरीका सार्वजनिक सवारी-साधनहरुमा यात्रा गर्नुहुने यात्रुको सुरक्षित यात्रालाई लक्षित गर्दै सबै सरोकारवालाहरुलाई सडक दुर्घटना न्युनिकरण अभियानमा सहभागी गराउने उद्देश्यले “सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको सबैमा शुभकामना ” कार्यक्रम गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रममा गजुरी गाउँपालिकाका प्रमुख राजेन्द्र विक्रम बस्नेत इलाका प्रहरी कार्यालय गजुरी प्रमुख प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्का, जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी,धादिङका प्रमुख प्र.नि. नेत्र प्रसाद भट्टले पृथ्वी लोकमार्ग अन्तरगत चल्ने लामो तथा छोटो दुरीका सवारी-साधनका चालक, सहचालक तथा यात्रुहरुलाई खादा तथा अविर लगाई सुखद् यात्राको लागी शुभ-कामना दिँदै दुर्घटना न्युनिकरण गर्ने अभियानमा लाग्न सबै सरोकारवाला निकायहरुलाई अनुरोध गरि मन्तब्य राख्नु भएको थियोे । उक्त कार्यक्रममा चालक, सहचालक तथा यात्रुहरु समेत गरी १०० जनाको सहभागिता रहेको थियो। भने कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक भोजराज पाण्डेय ले गर्नु भएको थियोे । कार्यक्रममा यात्रु तथा सवारी चालकले ध्यान दिनुपर्ने कुराहरुसंग सम्बन्धीत अं.२५० थान पम्प्लेट समेत वितरण गरिएको ।

१३ आश्विन २०७६, सोमबार १८:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस