|  

गजुरी गाउँपालिकाको जरेमा सामुदायिक स्वास्थ्य इकाई भवनको शिलान्यास

३० कार्तिक २०७६, शनिबार २०:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी गाउँपालिका वडा नं. ६ को जरेमा सामुदायीक स्वास्थ्य इकाई भवन निर्माण हुने भएको छ । शनिबार गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत ले शिलान्यास गरि भवन निर्माणको कार्य शुभारम्भ गरिएको छ । आम जनसमुदाय लाई स्वास्थ्य को पहुँचमा पुर्‍याउन सबै वडामा स्वास्थ्य इकाई को स्थापना गरिसकेको र भौतिक संरचना भने क्रमिक रूपमा निमार्ण गर्दै जाने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

३८ लाखको लागतमा निमार्ण हुने भवनको शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत,उपाध्यक्ष सीता ढुङ्गाना,वडा नं. ६ का अध्यक्ष अर्जुन भुजेल , वडा नं. ५ अध्यक्ष रामचन्द्र मिजार,वडा नं. ८ अध्यक्ष राजकुमार ढुङ्गाना ,वडाका नागरिक समाज ,समाजसेवी ,बुद्धिजीवी लगाएको उल्लेखनीय सहभागीता रहेको थियोे ।सरकारले लिएको सुखि नेपाली समृद्ध नेपालको परिकल्पना लाई साकार पार्नको लागि स्वास्थ्य पनि एक सुचक भएकोले प्रत्येक वडा वडामा स्वास्थ्य ईकाइको स्थापना गरेको हो। साथै मन्तव्यको क्रममा गजुरि गाउँपालिका लाई समृद्ध गाउँपालिका निमार्ण गर्न जुटिरहेको गाउँपालिकाअध्यक्ष बस्नेतले वडा बासिलाइ जानकारी दिनुभयो ।

३० कार्तिक २०७६, शनिबार २०:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस