|  

गायिका तथा सञ्चारकर्मी अनिता चलाउनेको नयाँ गीत बजारमा (भिडियो सहित)

७ मंसिर २०७६, शनिबार ०९:१५ प्रकाशित
प्रदेश हव न्युज डेक्स


विभिन्न मन छुने गित हरु मा आवाज भरिसकेकी चर्चित गायिका तथा सञ्चारकर्मी अनिता चलाउनेको नयाँ गीतको म्युजिक भिडियो (विदेशको पियार) सार्वजनिक भएको छ । गीतमा लोकप्रिय गायक तथा संगीतकार बसन्त थापाको गायन र संगीत दुवै रहेको छ ।

उक्त भिडियोमा मोडल दुर्गेश थापा र सोनिका रोकायको रोमान्चक अभिनय र नृत्य देख्न पाइन्छ भने यि दुवैलाई समेट्ने काम हास्यकलाकार राजा राम पौडेलले गरेका छन् ।

अहिलेको समसामयिक विषय (विदेशको पियार) प्रति बढ्दो युवाहरुको आकर्षकतालाई निर्देशक बब्बु थापाले भिडियोमा झल्काएका छन् ।

प्रल्हाद सुवेदीको शब्द, मौसम हिमालीको कोरियोग्राफि अनि अजय रेग्मीले भिडियोका दृश्यहरु कैद गरेका हुन् ।

भिडियो हेर्नुहोस….

७ मंसिर २०७६, शनिबार ०९:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस