|  

स्यामैडांडा खानेपानीको स्थलगत अनुगमन

२४ मंसिर २०७६, मंगलवार १३:५३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी ६ स्यामैडाडा धादिङ,
विकास साझेदारहरुबाट स्यामैडाडा खानेपानी योजनाको स्थलगत संयुक्त अनुगमन गजुरी ६ धादिङमा सम्पन्न भएको छ । । पुर्णिमा कार्यक्रम अन्तगत अक्सफाम र गजुरी गाउँपालिकाको साझेदारी प्रयास नेपालको सहयोगमा सम्पन्न भएको खानेपानी योजनाको अनुगमनमा जाईका,डिफिड, यु.एस.अाई.डी.,युरोपियन युनियन,मटम्याग डोनाल्डका प्रमुख तथा प्रतिनिधिहरु , उपभोक्ता समितिका पदाधिकारीहरु एवम् स्थानीय साझेदार प्रयास नेपाल धादिङका पदाधिकारीहरुको सहभागीतामा अनुगमन सम्पन्न भएको हो । ३० घर दलित १सय ६५ घर जनजाति सहित ३ सय २६ घरका १ हजार ९ सय ४७ जनाले प्रत्यक्ष सेवा पाएको स्यामैडाँडा खानेपानी योजना ९ किलोमिटर माथिको मुहानबाट गजुरी वडा नं ४,६ र ७ का पुकुन,गेदे,साङ्कोष,रिमलटार बगैँचा,थरिटोल,चपरे,सिमपानी,वाईवाङ,तिलहार,काजिटोल ,नयाँटार लगायतका ३ सय २६ घरमा घर,घरमा धारा जडान मार्फत खानेपानी सेवा उपलब्ध गराएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामजी श्रेष्ठले बताउनु भयो । हाल सबै घरको धारामा स्वच्छ खानेपानी झरेपछि गाउँलेमा खुशीयाली छाएको बताउनु भयो । खानेपानी योजना सम्पन्न पछि तिर्खामुक्त गाउँको रुपमा रहेको स्थानीय उपभोक्ताहरुको भनाइ रहेको छ । खानेपानी योजनाको दिगोपनको लागि पानी सुरक्षा योजना नै बनाएर कार्यान्वयन गरिएको उपभोक्ता समितिका सचिव दुर्गा प्रसाद न्यौपानेले बताउनु भयो । यसका साथै खानेपानीलाई दिगो रुपमा संचालन गर्न घर-घरमा मिटर जडान मार्फत खानेपानी वितरण गरिएकाे र मर्मत संहार कोष खडा गरि प्रत्येक महिना प्रतिघरबाट शुल्क उठाउने उक्त शुल्कबाट मर्मत संहार कार्यकर्ता नै नियुक्त गरि हेरालुको रुपमा परिचालन गरिएको उपभोक्ता समितिका सचिव दुर्गा प्रसाद न्यौपानेले बताउनु भयो । घ,घरमा खानेपानी व्यवस्थापन पछि स्वास्थ्य तथा सरसफाइमा पनि उल्लेख सुधार अाउनुको साथमा महिलाहरुको कार्यबोझ समेत घटेको स्थानीय शिक्षक समेत रहेकी शिक्षिका भगवती खतिवडाले बताउनु भयो । खानेपानी खानेपानीको अलवा खेरजाने पानीको प्रयोग गरि करेसाबारी व्यवस्थापन गरि अाफुलाई चाहिने ताजा तरकारी खेती गर्न थालेका कोषाध्यक्ष सरस्वती श्रेष्ठले बताउनु भयो । पानीको अभावको कारण घट्दै गरेको पशुपालन पनि खानेपानी सम्पन्न भए पश्चात् वृद्धि भएको पनि कोषाध्यक्ष श्रेष्ठले बताउनु भयो । सहयोगी संस्था प्रयास नेपाल धादिङ ,गजुरी गाउँपालिका र स्थानीय उपभोक्ताहरुको लागत समेत १ करोड ९८ लाख ५२ हजार ७ सय ३४ मा खानेपानी योजना सम्पन्न भएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनु भयो ।

२४ मंसिर २०७६, मंगलवार १३:५३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस