|  

गजुरीमा नियमित आँखा उपचार सेवा शुरु, संसद भुमी त्रिपाठी द्वारा उद्घाटन

१२ पुष २०७६, शनिबार १७:०५ प्रकाशित
भुवन भण्डारी

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरि/धादिङ
धादिङको गजुरी गाउँपालिकामा आज शनिबारबाट नियमित आँखा उपचार सेवा शुरु भएकाे छ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानकाे सहयाेगमा गजुरी गाउँपालिकाले आँखा उपचार सेवा अर्थात ग्रामीण आँखा क्लिनिक शुरु गरेकाे गाउँपालिकाका स्वास्थ्य संयाेजक डा. रामहरि रेग्मीले बताउनुभयाे ।

सामुदायिक खाँखा केन्द्र धादिङकाे प्राविधिक सहयाेगमा गजुरी गाउँपालिकाले नियमित आँखा उपचार सेवा उपलव्ध गराउने पनि रेग्मिले जानकारी दिनुभयाे । आँखाउपचार केन्द्रकाे अाज गजुरी प्राथमिक स्स्थ्य केन्द्रमा अायाजित एक कार्यक्रममा संघिय साँसद भुमिप्रसाद त्रिपाठीले सुभारम्भ गर्नुभयाे । क्लिनिक शुभारम्भ गर्दै साँसद त्रिपाठीले अहिले भाडाकाे घरमा सञ्चालन भएकाे क्लिनिकले छिट्टै अाफ्नै भवनबाट सेवा दिने विश्वास दिलाउनुभयाे ।

साँसद त्रिपाठीले जग्गा खाेज्ने काममा लाग्न गजुरी गाउँपालिकालाई अाग्रह गर्दै भवन बनाउन सहयाेग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयाे । क्लिनिकबाट चेपाङ लगायत विपन्न समुदायलाई प्राथमिकतामा राखेर सेवा दिन पनि उहाँले अाग्रह गर्नुभएकाे छ । कार्यक्रममा गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुंगानाले समग्र गजुरी गाउँपालिकाकाे स्वास्थ्य सेवाका बारेमा जानकारी गराउनु भएकाे थियाे । तिलगंगा अाँखा प्रतिष्ठानका कार्यक्रम उपनिर्देशक नवीन राईले गजुरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेकाेमा खुशि व्यक्त गर्नुभयाे ।

आँखाकाे समस्या स्वास्थ्य क्षेत्रकाे समस्यामा प्राथमिकताकै क्षेत्र रहेकाे बताउँदै उपनिर्देकक राईले आँखा विनाकाे सञ्सार अँधेराे हुने भएकाेले समयमै अाँखाकाे उपचार गराउन सबैसंग अाग्रह पनि गर्नुभयाे । क्लिनिक उद्घाटन अवसरमा सामुदायिक अाँखा केन्द्र धादिङका इञ्चार्ज रामसिंह तामाङले विगत ११ वर्षदेखि हरेक बुधवार साताकाे एकदिन मात्रै आँखा परिक्षण गरेर दिइरहेकाे सेवालाई अब दैनिक क्लिनिक सञ्चालन गरेर सेवा दिन लागेकाे बताउनुभयाे । क्लिनिकबाट गजुरी, सिद्धलेक, बेनिघाटराेराङ र गल्छी गाउँपालिकाका नागरिकले प्रत्यक्ष सेवा पाउनसक्ने पनि तामाङले बताउनुभयाे ।

क्लिनिकबाट आँखा परीक्षण, औषधी, चस्मा लगायत ८० प्रतिशत सेवा उपलव्ध हुने पनि बताईएकाे छ । क्लिनिक शुभारम्भ कार्यक्रम गजुरी गाउपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतकाे अध्यक्षतामा भएकाे थियाे । कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।

१२ पुष २०७६, शनिबार १७:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस