|  

गजुरी गाउँपालिका गहुँखोलामा स्वास्थ बच्चा प्रतिस्पर्धा

१० फाल्गुन २०७६, शनिबार १०:५८ प्रकाशित

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गहुँखोला गजुरी /धादिङ

धादिङको गजुरी गाउँपालीकाको सहयोग र शान्ति नेपाल तथा गजुरी गाउँपालीका स्वास्थ्य शाखाको आयोजनामा गजुरी गाउँपालिका वडा नं.४ गहुँखोलामा स्वास्थ बच्चा प्रतिस्प्रर्धा कार्यक्रम  शुक्रबार सम्पन्न भएको छ। कार्यक्रममा २८ जना बालबालीका सहभागी गराएका थिय।सहभागी भएका मध्ये ३जना मध्यम खालको कुपोषण भएको भेटिएको शान्ति नेपालका बिष्णु चेपाङले जानकारी दिनुभएको। प्रतिस्पर्धामा प्रथमअनिशा तामाङ, द्वितिय निर्भिका लामा र तृतिय बन्दना तामाङ भएका थिए।प्रथम,द्दितिय,र तृतीय हुने बालबालीकालाइ १/१सेट कपडाका साथै सहभागी सबै बालबालीकाहरुलाई सरसफाइको सामग्रीहरु जस्तै साबुन, नङ्कट, ब्रस, मन्जन उपहार प्रदान गरिएको थियोे । कार्यक्रममा अाभारभुत स्वास्थ्य इकाइ चिउरीखर्कका अ.न.मी.पुजा चेपाङ, वडा कार्यालयका शर्मिला तामाङ, स्वास्थ्य स्वयंसेविका शान्ति तामाङ लगाएतको उपस्थिति रहेको थियोे ।गजुरी गाउँपालिकाको चिउरीखर्क ,राम्चे,नेवारबाँस,धर्मेचौर लगाएत अन्य विभिन्न समुदायमा स्वास्थ बच्चा प्रतिस्पर्धा कार्यक्रम हुदै अाइरहेको छ।

१० फाल्गुन २०७६, शनिबार १०:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस