|  

सुरक्षित पानी पिउने अभियानमा समुदायिक चासो

११ फाल्गुन २०७६, आईतवार २०:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/धादिङ
धादिङको गजुरी गाउपालिका वडा नम्वर २ धरमपानी गाउलाइ सुरक्षित पानी पिउने गाउ घोषणा भएको छ । धरमपानी गाउको ६४ घरधुरी सबैले फिल्टरको प्रयोग गरी सुरक्षित पानी पिउन थालेपछी सुरक्षित पानी पिउने गाउ घोषणा गरिएको हो । “सरसफाइ र स्वच्छतामा एक कदम अघि सरि, सधै सुरक्षित पानी पिउछौ हामी गावैभरी ” भन्ने मुल नाराका साथ सामुदायिक घोषणा तथा प्रतिबद्दता समारोह भएको थियो । धरमपानी गाउमा ज्वालामुखी र अन्नपुर्ण सामुदायिक सस्थाको आफ्नै श्रोतमा ६४ घरधुरीको लागी पानी शुद्दीकरण गर्नको लागी फिल्टर खरिद गरी बितरण गरेको थियो । ज्वालामुखी सामुदायिक सस्थाका अध्यक्ष डिलमाया बि क को अध्यक्षतामा भएको कार्यममा गजुरी गाउपालिका अध्यक्ष राजेन्द्र विक्रम वस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गजुरी गाउपालिका, वडा नम्वर २ का वडा अध्यक्ष चुडामणी कडेल, गजुरी गाउपालिका ने क पा पार्टी सचिब माधब भन्डारी, वडा सदस्य नेतानन्द थपलिया शान्ती नेपालका परियोजना संयोजक लालप्रसाद पोखरेल , सन्जय बहादुर चन्द, सद्भाव गरीबी निबारण सहकारी सस्थाका व्यवस्थापक बासु सुबेदी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सामुदायिक सस्थाका वृद्द सदस्य राजकुमारी योन्जनलाइ फिल्टर हस्तातरण गर्नुहुदै प्रमुख अतिथी वस्नेतले सुरक्षित पिउने पानी अभियान सबै टोलवस्तिमा सबै घरमा पुर्याउनुपर्ने धारणा राख्नुभयो । पुर्ण सरसफाइ निर्देशिका २०७३ अनुसार सन २०३० सम्ममा नेपाललाइ पुर्ण सरसफाई उन्मुख राष्ट्र घोषणा गर्ने लक्ष्य रहेको छ । यसै गरी जिल्ला समन्वय समिती धादिङ्को समन्वयमा जिल्लाका१३ वटै स्थानिय तहको सहभागितामा २०२३ सम्ममा जिल्ला भरी सफा गाउ घोषणा गर्ने र २०२५ सम्ममा पुर्ण सरसफाइ उन्मुख जिल्ला घोषणा गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य र घोषणा रहेको छ । यसै योजनालाइ सहयोग पुर्याउने उद्देश्यले वातावरण र जनस्वास्थ्य सस्थाको सहयोगमा शान्ती नेपालले गजुरी गाउपालिका, बेनिघाट रोराङ गाउपालिका र सिद्दलेक गाउपालिकाका १५ हजार घरधुरीमा सुरक्षित पिउने पानी र चर्पीको समुचित प्रयोग सम्बन्धी व्यवहार परिवर्तन अभियान सन्चालन गर्दै आइरहेको छ ।

११ फाल्गुन २०७६, आईतवार २०:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस