|  

आदर्श स्कुल्स स्टुडेन्टस एल्मुनाई द्वारा २४ गते गजुरीमा नि:स्वास्थ्य सिबिर

१९ फाल्गुन २०७६, सोमबार १०:२८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/धादिङ

धादिङ जिल्लाकै पहिलो माध्यामिक बिध्यालय श्री आदर्श माध्यमिक बिध्यालय, गजुरीका पुर्व बिध्यार्थीहरुको साझा संस्था श्री आदर्श स्कुल्स स्टुडेन्टस एल्मुनाई (ASSA) , गजुरीको आयोजना तथा गजुरी गांउपालिका, धादिङ र मनमोहन मेमोरियल मेडिकल कलेज तथा टिचिङ हस्पिटल काठमाडौंको सहआयोजनामा फाल्गुण २४ गते शनिबार श्री आदर्श माध्यामिक बिध्यालय, मा एकदिने नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ। शिबिरमा जनरल फिजिसियन,प्रसुती तथा स्त्री रोग,मुटु रोग,छाला राेग,हाडजोर्नी राेग र बाल राेग विशेषज्ञ डाक्टरहरु को उपस्थितिमा सिबिर सञ्जाल हुने भएकोले अाम गजुरी बासिलाई मौकाको फाइदा उठाउन आदर्श स्कुल्स स्टुडेन्टस एल्मुनाई (ASSA) ले अनुरोध गरेको छ। आदर्श माध्यमिक बिध्यालय, गजुरीका सम्पूर्ण पुर्व बिध्यार्थीहरुलाइे एकजुट गराउने र गजुरी आसपासको क्षेत्रमा शिक्षा, स्वास्थ्य र बातावरणका क्षेत्रमा सामाजिक कार्य गर्ने उदेश्यले गरिएको हो।सिबिर सञ्चालन गर्न लागेको आदर्श स्कुल्स स्टुडेन्टस एल्मुनाई (ASSA) ले जानकारी दिएको छ।

१९ फाल्गुन २०७६, सोमबार १०:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस