|  

नेकपा (माओवादी केन्द्र) का नेता विष्णुपुकार श्रेष्ठ चीनका लागि राजदूत बन्ने

१५ चैत्र २०७८, मंगलवार १२:४६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता विष्णुपुकार श्रेष्ठ जनवादी गणतन्त्र चीनका लागि राजदूत बन्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रको आमन्त्रीत स्थायी समिति सदस्य रहेका नेता श्रेष्ठ सो पार्टीको निर्वाचन आयोग प्रमुख समेत हुन् ।

करिब १ महिना अगाडि नै माओवादीको नेतृत्व तहले उनको नाम छनौट गरेपनि गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवालाई यहि सातामात्रै उनको नाम दिइएको माओवादी श्रोतले बताएको छ ।

‘क. विष्णुपुकारलाई विशेष महत्वको राजकीय जिम्मेवारी दिइने’ भन्दै सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक रुपमै बोलेका थिए ।

श्रेष्ठ, तीसको दशकदेखि तत्कालीन चौथो महाधिबेशन, मशाल, एकता केन्द्र हुँदै माओवादी आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका पाका, अनुभवि र बौद्धिक नेता मानिन्छन् । उनी नेपाल राष्ट्रिय शिक्षक संगठनको महासचिव, जनअधिकार सरोकार अभियानका संस्थापक, शान्ति र मानव अधिकारका लागि नागरिक समाजका संसथापक हुँदै मानव अधिकारका तथा सामाजिक रुपान्तरण अभियान (काहुराष्ट) का संस्थापक अध्यक्ष समेत हुन् ।

उनको सिफारिस सार्वजनिक भएपछि चीनका लागि विष्णुपुकार छानेर माओवादीले योग्य व्यक्तिलाई सहि ठाउँ दिएको प्रतिक्रिया प्रारंभिक रुपमा आएका छन् ।

१५ चैत्र २०७८, मंगलवार १२:४६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस