|  

धादिङका विष्णु पुकार श्रेष्ठ चिनको राजदुतको लागि सिफारिस

२४ चैत्र २०७८, बिहीबार २०:४३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । नेकपा (माओवादी केन्द्र) का नेता विष्णुपुकार श्रेष्ठ जनवादी गणतन्त्र चीनका लागि राजदूत सिफारिस भएका छन् । बिहिबार साँझ बसेको मन्त्री परिषद्को बैठकले विभिन्न देशका २० जना राजदुत सिपारिस गरेको हो ।

नेकपा माओवादी केन्द्रको आमन्त्रीत स्थायी समिति सदस्य रहेका नेता श्रेष्ठ सो पार्टीको निर्वाचन आयोग प्रमुख समेत हुन् ।

करिब १ महिना अगाडि नै माओवादीको नेतृत्व तहले उनको नाम छनौट गरेको थियो । श्रेष्ठ, तीसको दशकदेखि तत्कालीन चौथो महाधिबेशन, मशाल, एकता केन्द्र हुँदै माओवादी आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याएका पाका, अनुभवि र बौद्धिक नेता मानिन्छन् । उनी नेपाल राष्ट्रिय शिक्षक संगठनको महासचिव, जनअधिकार सरोकार अभियानका संस्थापक, शान्ति र मानव अधिकारका लागि नागरिक समाजका संथापक हुँदै मानव अधिकारका तथा सामाजिक रुपान्तरण अभियान (काहुराष्ट) का संस्थापक अध्यक्ष समेत हुन् ।

उनको सिफारिस सार्वजनिक भएपछि चीनका लागि विष्णुपुकार छानेर माओवादीले योग्य व्यक्तिलाई सहि ठाउँ दिएको प्रतिक्रिया प्रारंभिक रुपमा आएका छन् ।

२४ चैत्र २०७८, बिहीबार २०:४३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस