|  

गजुरी गाउँपालिकाको दोस्रो कार्यकालको पहिलो निर्णय, स्थानिय पाठ्यक्रम लागु गर्ने

१० जेष्ठ २०७९, मंगलवार ०८:३१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी, धादिङ/ स्थानिय तह निर्वाचन मार्फत निर्वाचित गजुरी गाउँकार्यपालिकाको पहिलो बैठकले स्थानिय पाठ्यक्रमलाई कार्यान्वयन गर्ने निणर्य गरेको छ । गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको अध्यक्षतामा बसेको उक्त बैठकले पाठ्यक्रम विकास केन्द्र भक्तपूरले राष्ट्रिय पाठ्यक्रम प्रारुप बमोजिम स्थानिय निकाय पाठ्यक्रम १०० पूर्णाङ्कको तयारी पाठ्यक्रम लागु गर्ने निणर्य गरेको हो । यस्तै बैठकले निर्वाचन सौहार्द पूर्ण वातावरणमा निष्पक्ष ढंगबाट निर्वाचन सम्पन्न गराएकोमा निर्वाचन आयोग र निर्वाचन अधिकृतलाई धन्यवाद ज्ञापन गरेको छ ।

१० जेष्ठ २०७९, मंगलवार ०८:३१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस