|  

बेनिघाट रोराङका अध्यक्ष विवेकको पहिलो निर्णयः सहिद बेपत्ता परिवारका लागि आर्यआर्जन

११ जेष्ठ २०७९, बुधबार १६:३६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बेनिघाट रोराङ गाउँपालिका धादिङका नव निर्वाचित अध्यक्ष कृष्ण बहादुर थपलिया(विवेक)ले बुधबार पदभार ग्रहण गरेसँगै ३ महत्त्वपूर्ण निर्णय गरेका छन् ।

जनयुद्धको क्रममा आफ्नै परिवारबाट बुबा, दाइ र भाइ सहित ३ जना सहिद भएका सहिद परिवास सदस्य थपलियाले आफ्नो कार्यकालको पहिलो निर्णय नै सहिद तथा वेपत्ता परिवारको आयआर्जनका लागि सीपमूलक तथा व्यवसायिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् ।

यस्तै गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि गाउँपालिकाभित्रका बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताहरुलाई मन्टेश्वरी तालिम प्रदान गर्ने र पालिकाको सबै वडामा मेलमिलाप केन्द्र सवलीकरण तथा अन्य आवश्यक पूर्वाधार तयार गरी महिला तथा घरेलु हिंसामूक्त गाउँपालिका निर्माण गर्ने निर्णय गरेका छन् ।

धादिङको सबैभन्दा कम उमेरका पालिका प्रमुख समेत रहेका थपलिया सत्ता गठबन्धन दल नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित भएका हुन् । उनले ७ हजार ६ सय ८० मत प्राप्त गरी विजयी हुँदो निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका देव प्रसाद त्रिपाठी २६०८ मतान्तरले पराजित भएका थिए ।

११ जेष्ठ २०७९, बुधबार १६:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस