|  

आठ जिल्लामा अनलाइनबाटै भर्न सकिन्छ मतदाता नामावली फारम

४ श्रावण २०७९, बुधबार ०७:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


निर्वाचन आयोगले काठमाडौँसहित आठ जिल्लाबाट अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको छ।

काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, कास्की, मोरङ र झापा जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था मिलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा) को जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क समयमा औँठाको छाप र फोटो लिने व्यवस्था मिलाइएको छ।

४ श्रावण २०७९, बुधबार ०७:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस