|  

अब आमाको नामबाट नागरिकता दिनुपर्छ–रामनारायण बिडारी

८ श्रावण २०७९, आईतवार ०७:३५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका केन्द्रिय सदस्य एबम् अधिबक्ता रामनारायण बिडारीले प्रमुख जिल्ला अधिकारीहरुले अब आमाको नामबाट नागरिकता दिनुपर्ने बताउनुभएको छ । हेटौंडामा अनेरास्वबियु क्रान्तिकारी बिद्यार्थी स्वयंसेबक दस्ताले आयोजना गरेको समसामयिक बिषयमा छलफल तथा अन्तक्र्रिया कार्यक्रममा बोल्नेक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

नेता बिडारीले कानुनमा आमाको नामबाट नागरिकता दिने भनिएपनी त्यसो हुन नसकेको भन्दै अब छिटै लागु हुने बताउनुभयो । पार्टी गठबन्धनको बिषयमा बोल्दै उहाँले एमालेबाहेकका दलहरुसंग एकता र गठबन्धन हुन सक्ने समेत जनाउनुभयो । बाम एकताको प्रष्नमा बिडारीले माआबादीबाट नै फुटेर गएकाहरुसंग लचकता अपनाएर एकता वा गठबन्धन गर्न पार्टी तयार भएको समेत उल्लेख गर्नुभयो ।

यसको साथै उहाँले अझ गठबन्धनको् आबश्यक्ता रहेकोले आगामी चुनाबमा पनि गठबन्धन गरिने बताउनुभयो । कार्यक्रममा वाग्म्ती प्रदेश सांसद प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान लगाएतले बोल्नुभएको थियो ।

८ श्रावण २०७९, आईतवार ०७:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस