|  

एमाले धादिङद्धारा निर्वाचन क्षेत्र १ प्रदेश सभा (क) मा ४ जनाको नाम सिफारिस

१९ भाद्र २०७९, आईतवार १८:५२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेकपा एमालेले धादिङ निर्वाचन क्षेत्र १ प्रदेश सभा (क) मा ४ जनाको नाम सिफारिस गरेको छ । धादिङको धार्केमा शनिबार भएको नेकपा एमालेको प्रदेश क्षेत्रिय भेलाले आगामी मँसिर ४ गते हुने निर्वाचनका लागि सुरेश आचार्य, नेत्र पौडेल, उद्धव लुईँटेल र अप्सरा उप्रेतीको नाम सिफारिस गरेको हो ।
एमालेले प्रदेश सभा सांसदको लागि प्रत्यक्ष तर्फ धादिङ निर्वाचन क्षेत्र १ अन्तर्गत प्रदेश सभा (क) मा आकाँक्षीहरुको नाम धेरै भएपनि अन्तिममा ४ जनाको नाम सर्वसम्मतीले सिफारिस गरिएको बताईएको छ ।
प्रदेश सभा (क) कमिटीका अध्यक्ष गोकर्ण रुपाखेतीको अध्यक्षतामा भएको भेलामा नेकपा एमाले धादिङका सँस्थापक सदस्य जगन्नाथ नेपालको प्रमुख आतित्थ्यता रहेको थियो ।
सिफारिस गरिएको उम्मेदवारहरुको नामावली
१. सुरेश आचार्य
२. नेत्र पौडेल
३. उद्धव लुईँटेल
४. अप्सरा उप्रेती

१९ भाद्र २०७९, आईतवार १८:५२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस