|  

गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिलाई वार्तामा आउन प्रधानमन्त्रीको आग्रह

१९ श्रावण २०८०, शुक्रबार २२:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गौर हत्याकाण्ड पीडित सङ्घर्ष समितिलाई वार्ताका लागि बोलाएका छन्।

प्रधानमन्त्री प्रचण्डले गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न माग गर्दै अनशनरत समितिका संयोजक रुपसागर देवी उपाध्यायलाई आन्दोलनको कार्यक्रम फिर्ता गरेर वार्तामा आउन आग्रह गरेका हुन्।

वार्ताका लागि शनिबारको समय तय गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

सचिवालयले भनेको छ, ‘संयोजक रुपसागर देवी उपाध्यायलाई वार्ताका लागि आग्रहपत्र पठाएको छ। आग्रहपत्रमा सङ्घर्ष समितिको आन्दोलनबारे सरकारको ध्यानाकर्षण भएको छ।’

पीडितको मागबारे सम्वादका माध्यमबाट तत्काल समाधान गर्न वार्तामा आउन आग्रह गरिएको हो।
साभार:थाहा खबरबाट

१९ श्रावण २०८०, शुक्रबार २२:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस