|  

बेनिघाट रोराङ गाउँपालिकाले जेष्ठ नागरिकलाई दशैंको लागि कपडा वितरण गर्ने

२१ आश्विन २०८०, आईतवार ०८:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङको बेनिघाट रोराङ गाउँपालिकाले दशैंको अवसरमा पालिका भित्रका जेष्ठ नागरिकलाई कपडा वितरण गर्ने भएको छ । गाउँपालिकाको बिभिन्न स्थानमा असोज ८ गते देखि सुरु भएको निशुल्क आँखा शिविर पश्चात मोतियाविन्दु अप्रेसन सहित भएको एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया विवेकले यस्तो बताउनु भएको हो ।
जेष्ठ नागरिकहरुलाई घर घरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै दशैको बेलामा एक जोर कपडा समेत बितरण गर्ने कार्यक्रम रहेको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाले बताउनु भयो । उहाँले ८४ बर्ष भन्दा माथिका उमेर समुहका बृद्धका लागी दरुवा सुरुवाल र बृद्धाका लागी फरिया र चोलो बितरण गरेर जेष्ठ नागरिकको सम्मान गरिने बताउनु भएको हो । उहाँले आगामी ३र३ महिनामा निशुल्क आँखा शिविरको कार्यक्रम संचालन गरिने र जेष्ठ नागरिकहरुलाई स्वास्थ्यमा पहुँच पुगोस भन्ने अभिप्रायले निति तथा कार्यक्रममै समावेश गरेर जेष्ठ नागरिक सम्मान लगाएत यस किसिमको कार्यक्रम राखीएको उहाँले बताउनु भयो ।

२१ आश्विन २०८०, आईतवार ०८:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस