|  

श्रीमतीको हत्या गरेर फरार रहेका श्रीमान प्रहरी फन्दामा

१३ मंसिर २०८०, बुधबार १२:१६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । आफ्नै श्रीमतीलाई हत्या गरी फरार रहेका सिरहा नगरपालिका वडा नं. १५ सुखचैनाका ४० वर्षिय देवेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
गत विहिवार ७ गते श्रीमती ३० वर्षीया संजिता कुमारी यादवलाई हत्या गरी फरार रहेको यादवलाई इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलिले भारतीय सीमा नजीकबाट पक्राउ गरेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रबिन्द्र राज पाण्डेका अनुसार घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीलाई इँटा र बाँसको भाटाले मरणासन्न हुने गरी कुटपीट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिएको छ ।
यादवलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा भारतको मधुबनी जिल्लाको खजोलि थानाअन्तर्गत सलरा भन्ने ठाउँको झाडीमा फालेको खुलेपछि भारतीय प्रहरीको सहयोगमा शव खोजतलास गरी फेला परेको प्रहरीको भनाई छ ।
 

१३ मंसिर २०८०, बुधबार १२:१६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस