|  

जलवायु शिखर सम्मेलनमा पनि इजरायल र हमासबीचको द्वन्द्वको असर

१६ मंसिर २०८०, शनिबार १३:२८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीचको द्वन्द्वको असर जलवायु शिखर सम्मेलनमा पनि देखिएको छ । यूएईमा चलिरहेको सम्मेलनमा इजरायलको उपस्थितिलाई लिएर इरानी प्रतिनिधिले विरोध जनाएका छन् ।

जलवायु वार्तामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका ऊर्जामन्त्री अली अकबर मेहराबियनले विरोधमा हिजो आफूहरु सम्मेलनस्थलबाट बाहिरिएको प्रतिक्रिया दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

उहाँले कोप–२८ मा इजरायलको उपस्थितिलाई ‘सम्मेलनको लक्ष्य र दिशानिर्देश विपरीत’ मानेको र त्यसको विरोधमा सम्मेलनस्थलबाट बाहिरिएको बताउनुभयो । यसअघि अस्ति बिहिवार इरानी राष्ट्रपति इब्राहिम राईसी वार्तामा सहभागी नहुने र मेहराबियनले शिखर सम्मेलनमा भाग लिने भनिएको थियो ।

झण्डै दुई सय देशका प्रतिनिधिहरूलाई कोप २८ मा जलवायु परिवर्तनका कारण विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित गर्ने प्रयासहरू बढाउन दबाब छ । तर अहिले आठौँ हप्ता पुगेको इजरायल–हमास द्वन्द्वले शिखर सम्मेलनलाई केही छायाँमा पारिरहेको विश्लेषण गरिएको छ ।

१६ मंसिर २०८०, शनिबार १३:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस