|  

मुख्यमन्त्री जम्कट्टेलले आह्वान गरेको सर्वदलीय बैठक दिउँसो १ बजे बस्ने

१७ मंसिर २०८०, आईतवार ०८:१५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका छन्। उनले आज दिउँसो १ बजेका लागि सवैदलीय बैठक बोलाएका हुन्।

गत बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा प्रदेशका मन्त्रीहरूसँगको छलफलपछि मुख्यमन्त्री जम्कट्टेलले सर्वदलीय बैठक आह्वान गरेका हुन्।
प्रदेशको वर्तमान राजनीतिक अवस्था र संसदीय समिति विषयमा छलफलका लागि बैठक आह्वान गरिएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए।
बैठकले प्रदेश सभामा रहेका समितिको सभापतिको टुङ्गो लगाउने जनाइएको छ।

१७ मंसिर २०८०, आईतवार ०८:१५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस