|  

पेस्तोलसहित रुपन्देहीमा एक जना पक्राउ

२५ मंसिर २०८०, सोमबार १२:३४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । रुपन्देहीमा सशस्त्र प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सियारी गाउँपालिका २ का ४१ वर्षीय अमेरिका भनिने अजय थारु रहेका सशस्त्र प्रहरी सुरक्षा बेस अमुवाका प्रहरी निरीक्षक दिपक खड्काले जानकारी दिनुभयो ।

अन्दाजी ६ एमएमको रिभल्वर पेस्तोलसहित थारुलाई राति ११ बजे पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय छपियामा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर २७ गण रुपन्देहीका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिनुभयो ।

२५ मंसिर २०८०, सोमबार १२:३४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस