|  

पानीजहाज दुर्घटना हुँदा लिबियामा ६१ जना डुबेर बेपत्ता, २५ जनाको उद्धार

१ पुष २०८०, आईतवार १२:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । लिबियामा पानीजहाज दुर्घटना हुँदा ६१ जना डुबेर हराएका छन् । ८६ जना आप्रवासी बोकेर लिबियाको तटीय सहर जुवाराबाट छुटेको जहाज समुद्रमा डुब्दा ६१ जना हराइरहेका संयुक्त राष्ट्रसङ्घीय निकाय अन्तर्राष्ट्रिय प्रवासन सङ्गठन आईओएम लाई उद्धृत गर्दै जनाएको छ ।

भूमध्य सागर हुँदै अफ्रिकाबाट युरोप जाने आप्रवासीका लागि लिबिया मुख्य केन्द्र हो । आईओएमका अनुसार यो बाटोबाट युरोप जाने क्रममा दुई हजार दुई सय जनाभन्दा धेरै मानिसले डुबेर ज्यान गुमाइसकेका छन् । भूमध्य सागर पार गर्नका लागि सानो डुङ्गामा क्षमताभन्दा धेरै मानिस चढ्दा दुर्घटनाहरु धेरै हुने गरेका छन् ।

आईओएमका अनुसार यस वर्ष लिबिया हुँदै एक लाख ५३ हजार जनाभन्दा धेरै मानिस इटली पुगेका छन् ।

१ पुष २०८०, आईतवार १२:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस