|  

नेकपा माओवादी केन्द्र गजुरीको वडा अधिबेशनको तयारी बैठक सम्पन्न

८ पुष २०८०, आईतवार ०७:३४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गजुरी गाउँपालिका वडा नम्बर १ को पार्टी कमिटीको बैठक माओवादी पार्टी कार्यालय गजुरीमा सम्पन्न भएको हो।

गजुरी गाउँपालिका भरी वडा कमिटीको अधिबेशन भैरहेको समेत बताउदै अब आउने दिनहरुमा जनता सग गुनासो सुन्ने,त्यसको समाधानको तर्फ लम्कने र दुर्गम क्षेत्र बाट बजार सम्म आउनको लागि छिटो छरितो बनाएर बिकासका निम्ति बाटोघाटो,सार्बजनिकशौचालय,खानेपानी,स्वास्थ्य,आकासे पुल,फोहोरमैला ब्यबस्थापन,पार्टीपौवा आदिलाई समेट्ने र काम गरेर देखाउने प्रतिबद्धता समेत गजुरी गाउँपालिका इन्चार्ज तथा वडा नम्बर १ का वडा अध्यक्ष तारानाथ भण्डारीले बताउनुभयो।

जनजनमा माओवादी घरघरमा माओवादी जनता सग विशेष रुपान्तरण अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरुले जनतासामु प्रचण्ड नेतृत्वको सरकारले गरेका भष्ट्राचार नियान्त्रण, सुसाशन र पारदर्षिता सम्बन्धी कामहरुका साथै पार्टीमा रहेका विविध बिषयमा छलफल गरेर अघि बढ्दै आएको तीन महिने अभियान गजुरी १ का संयोजक सुनिता पाण्डेले बताउनुभयो।

गजुरी गाउँपालिकालाई सुन्दर बनाउनका निम्ति सबै एकजुट हुनु पर्ने,पार्टी सदस्यता वितरण,जनताको माग सम्बोधन गर्ने बताउदै गजुरी गाउँपालिका को प्रत्येक वडामा वडा टोल कमिटि गठन बनाएर सकिए लगतै वडा वडाको अधिबेशन हप्ता दिनमा भ्याउने समेत नेकपा माओवादी केन्द्र पार्टी गजुरी गाउँपालिका पार्टी कमिटी अध्यक्ष सुर्य बहादुर तामाङले बताउनुभयो।

८ पुष २०८०, आईतवार ०७:३४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस