|  

इजरायलको आक्रमण निरन्तर, गाजा क्षेत्र अस्तव्यस्त

१३ पुष २०८०, शुक्रबार १४:१२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । इजरायलको आक्रमणमा गाजामा बिहीबार कम्तीमा ८० जनाको मृत्यु भएको छ । बेइट लाहिया, खान युनिस र अल–मगाजी शहरमा इजरायली आक्रमणमा बिहीबार ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता अशरफ अलकद्राले विज्ञप्ति जारी गरी आक्रमणमा धेरै व्यक्ति घाइते भएको र मृत्यु हुनेको संख्या बढ्नसक्ने अनुमान गरेका छन् । साथै उत्तरी गाजा बेइट लाहियामा रहेको एउटा आवासीय चोकमा इजरायली बमबारीमा ३० भन्दा बढीको मृत्यु भएको जनाइइएको छ ।

 

१३ पुष २०८०, शुक्रबार १४:१२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस