|  

पेशा र व्यवसाय मुखि शिक्षा नीति प्रदेश सरकारले बनाउँदै छ, –मुख्यमन्त्री जम्कटेल

१६ पुष २०८०, सोमबार १७:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/बागमती प्रदेशका मुख्यमन्त्री मा.शालिकराम जम्कटेलले शिक्षालाई पेशा र व्यवसाय मुखि बनाउन प्रदेश सरकारले पेशा मुखी शिक्षा नीति बनाउन लागेको बताउनु भएको छ । आज सोमवार धादिङको गजुरी गाउँपालिका वडा नं. ५ मा रहेको गजुरी पीण्डा माध्यमिक विद्यालयको नवनिर्मत भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कटेलले विद्यार्थीले अध्ययन पश्चात बेरोजगार भै बस्नु पर्ने समस्यालाई निस्तेज पार्न प्रदेश सरकार लागि परेको बताउनु भएको हो । उनले भन्नुभयो ‘१२ पास गरेका विद्यार्थीले अब आफैं केही काम गरि आत्मानिर्भर बन्न सक्ने गरी प्रदेश सरकारले शिक्षा नीति बनाउँदै छ ।’
कार्यक्रममा मुख्यमन्त्री जम्कटेलले अहिले आवास सहितको व्यवस्थीत गुणस्तरिय शिक्षाको आवश्यकता रहेको बताउनु भयो । त्यसको प्रदेश सरकारले बजेटको ठुलो हिस्सा लगानी गरेको बताउनु भयो । बागमती प्रदेश सरकारले विद्यालय नर्स, विधालय वस तथा छात्रावास जस्तो कार्यक्रम गर्दै आएको छ ।
गजुरी पीण्डा माध्यामिक विद्यालयको भवन उद्घाटन कार्यक्रमको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कृष्ण मगरको अध्यक्षतामा भएको हो । कार्यक्रममा विषेश अतिथिको रुपमा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, अतिथिहरु गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विसुराल, वडा नं. ५ का अध्यक्ष गोविन्द लामिछाने, वडा नं. ६ का अध्यक्ष भक्त ब. तामाङ, वडा नं. ८का वडाध्यक्ष देवराज ओझा लगायतको आतिथ्यता रहेको थियो ।

१६ पुष २०८०, सोमबार १७:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस