|  

गणतन्त्र र संघियताले नै गाउँ गाउँमा विकास पुगेको छ,–मुख्यमन्त्री जम्कटेल

१७ पुष २०८०, मंगलवार १७:२२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/ देशमा गणतन्त्र र संघियता आए सँगै गाउँ गाउँमा विकास पुगेको मुख्यमन्त्री शालिकराम जम्कटेलले बताउनु भयो । अहिलेको व्यवस्था विकासवादी व्यवस्था भएको भन्दै मुख्यमन्त्री जम्कटेलले भने अहिले गाउँ गाउँमा सडकहरु कालोपत्र गर्ने, शिक्षामा सुधार ल्याउने, स्वास्थ्यमा सुधार ल्याउने र विकासका संरचना खडा गर्ने काम अहिलेको व्यवस्थामा भएको प्रदेश सरकारले गरेको हो ।
धादिङको गजुरी गाउँपालिका वडा नं. ३ मा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयको नवनिर्मत पक्की नेपाल भारत मैत्रि भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री जम्कटेलले नेपालको शिक्षा प्रणाली अब रोजगारमुखी हुनु पर्ने बताए । अहिलेको शिक्षा प्रणाली बेरोजगार उत्पादन केन्द्रको रुपमा रहँदै आएकोले प्रदेश सरकारले छिट्टै रोजगार मुखी शिक्षा नीति ल्याउने कार्यक्रममा जानकारी दिनुभयो । कम्तीमा पनी प्लटु सम्म पढेका विद्यार्थीहरुले आफ्नै देशमा केही गरि खान सक्ने खालको शिक्षा अहिलेको आवश्यकता हो । त्यसको लागि प्रदेश सरकारले व्यवसायीक शिक्षामा जोड दिन थालेको छ, मुख्यमन्त्री जम्कटेलले भने । मुख्यमन्त्री जम्कटेलले सामुदायीक विद्यालयको संरचना भव्य भए पनि शैक्षिक गुणस्तर वृद्धी हुन नसकेको चिन्ता व्यक्त गर्नु भयो ।

१७ पुष २०८०, मंगलवार १७:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस