|  

ज्वालामुखीका दर्जनौँ एमाले कार्यकर्तालाई मुख्यमन्त्री जम्कटेलले माओवादी केन्द्रमा भित्र्याए

२० पुष २०८०, शुक्रबार १९:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


एमालेको कोर एरिया धादिङको ज्वालामुखी गाउँपालिकामा मुख्यमन्त्री शालिकराम जम्कटेेलले दर्जनौं एमालेका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गराएका छन् । शुक्रबार नेकपा माओवादी केन्द्र ज्वालामुखि पार्टी कमिटीको अगुवा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमा दर्जनौं भन्दा बढी एमाले कार्यकर्ता प्रवेश गरेको माओवादी श्रोतले जानकारी दिएको छ ।

शुक्रबार जिल्लाको ज्वालामुखी गाउँपालिका पार्टी समितिद्वारा आयोजित उक्त प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम पालिका कमिटी अध्यक्ष कृष्णमान श्रेष्ठको अध्यक्षता पार्टी केन्द्रीय सदस्य,जिल्ला ईन्चार्ज एवम् बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता तथा बिशेष अतिथि एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारी,जिल्ला पार्टी संयोजक मनराज भण्डारी,बागमती प्रदेश सचिवालय सदस्य दिपक बिश्वकर्म लगायतका नेताहरुको उपस्थितीमा सम्पन्न भएको हो ।

नेकपा एमाले ज्वालामुखीका नेता सिताराम श्रेष्ठको नेतृत्वमा एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेकपा माओवादी केन्द्र पार्टी संगठनमा डेड दर्जन भन्दा बढी कार्यकर्ता प्रवेश गरेको नेकपा माओवादी केन्द्र धादिङले जनाएको छ ।

पार्टी प्रवेश पश्चात प्रतिवद्धता मन्तव्य राख्दै सिताराम श्रेष्ठले ‘‘गणतन्त्र,धर्म निरपेक्षताको आगमन र सामन्ती राजतन्त्र फाल्ने माओवादी जननीलाई आजैको दिनदेखि स्वीकार गरि बिचार विहीन भ्रष्ट पार्टी एमाले त्यागेको घोषणा गर्दछु’’उहाँले भन्नुभयो । पटक पटक सत्तामा रहदा पनि एमाले सरकारले ज्वालामुखीको मर्म बुझ्न नसकेको हुँदा समाज बिकास रुपान्तरणको लागि माओवादी केन्द्र राजेको स्पष्ट पार्नुभयो ।
नवप्रवेशीहरुलाई स्वागत तथा बधाई ज्ञापन गर्दै मूख्यमन्त्री जमरकटेलले माओवादी केन्द्रको विचार संगठन र मुद्धामा अडिग भएर लाग्न आग्रह गर्दै संघीय लोक तान्त्रिक गणतन्त्र नेपालको संस्थागत व्यवस्थालाई जोगाउन सबै पार्टी पंङित एक भएर लाग्न आग्रह गर्नुभयो ।

अहिलेको नयाँ भनिने रास्ट्रिय स्वतन्त्र पार्टी अराजक शैलीमा प्रस्तुत हुने,बिचार बिमुख,गणतन्त्र र संघीयता बिरोधि पार्टी रहेको हुँदा सचेत हुन सबै नागरिहरुलाई आग्रह गर्नुभयो । नेपालको शासकीय स्वरुप माओवादी पार्टीको एजेन्डामा देश चलिरहेको छ,त्यसकारण सबै पार्टी पंङितलाई संगठन विस्तार गरि जनप्रिय काम गर्न अनुरोध गर्नुभयो ।
प्रचण्ड सरकार आएपछि थुप्रै राम्रा काम भएको तर सत्ताबाट तिलमिलाएकाहरुले गलत प्रचार गरेको स्पष्ट पार्दै देशको निम्ति हित हुन्छ भने जस्तोसुकै निर्णय गर्न तयार हुने गतिशील नेतृत्व प्रचण्ड सरकारलाई समर्थनको विकल्प नरहेको बताउनुभयो । ज्वालामुखी सहित बागमती प्रदेशको बिकास र संबृद्धिमा गम्भीर रुपमा ध्यानकर्षण भएको बताउनुभयो ।
त्यस्तै जिल्ला संयोजक मनराज भण्डारी शैलेसले नव प्रवेशीलाई स्वागत बधाई तथा शुभकामना व्यक्त गर्दै माओवादी केन्द्र पार्टीले सुशासन सहितको बिकासमा उदाहरणीय काम गरि रहेको बताउनुभयो । ज्वालामुखी गाउँपालिका माओवादीको लालकिल्ला बनाउने र समाजवादी क्रान्तिको सुरुवातको जस ज्वालामुखीले लिनुपर्ने भन्दै विचलित नभई संगठन विस्तार अभियानमा ससक्त रुपमा लाग्न आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा गाउँपालिका भरिका पार्टी संगठन तथा जनवर्गीय संगठन मोर्चाका नेता तथा कार्यकर्ताहरुको उल्लेख्यीय सहभागीता रहेको थियो ।

२० पुष २०८०, शुक्रबार १९:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस