|  

मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी धादिङका तामाङलाई ३२ वर्षपछि पक्राउ

५ माघ २०८०, शुक्रबार १२:०८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । मानव बेचबिखन मुद्दाका फरार प्रतिवादी धादिङ मेत्रावती गाउँपालिका २ स्थायी ठेगाना भएका ५७ वर्षीय वीरबहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पीडितलाई ब्रुनाई पठाईदिने भन्दै झुक्याई २०४७ चैत ३ गते काठमाडौंबाट काकरभिट्टा हुँदै पश्चिम बंगालको बागडोग्रा भन्ने स्थानमा पुर्‍याई भारतीय नागरिकलाई बेचबिखन गरेको कसूरमा संलग्न रही फरार रहेका उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका १४ तिखेदेवलबाट पक्राउ गरेको हो ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी गर्नुका साथै प्रहरीले उनी उपर जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

५ माघ २०८०, शुक्रबार १२:०८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस