|  

गजुरीको डोल भन्ज्याङ मा.वि मा दुव्र्यसनी बिरूद्वको जनचेतनामूलक कार्यक्रम सम्पन्न

१० फाल्गुन २०८०, बिहीबार १०:४० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी/गजुरीको डोल भन्ज्याङ माध्यमिक विद्यालयमा लागू पदार्थ दुव्र्यसनी बिरूद्वको जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार गजुरी गाउँपालिकाको आयोजनामा वडा नम्बर ५ स्थित रहेको डोल भन्ज्याङ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागू पदार्थ दुर्व्यसनको असर यसबाट भविष्यमा पुग्ने क्षति,पारिवारिक रूपमा पुग्ने हानी, नोक्सानी, कानुनी प्रावधान लगायतको विषयमा अध्यक्ष श्रेष्ठले विद्यालय स्तरबाटै सचेतना जगाउन सकेमा लागू औषधको प्रयोगबाट युवाहरुलाई जोगाउन सकिने र त्यसका लागि अभिभावकहरुले आफ्ना छोराछोरीहरुप्रति निगरानी बढाउनुपर्नेमा जोड दिनुपर्ने अन्तरक्रिया तथा जनचेतनामूलक जारी नाटक प्रदर्शन कार्यक्रममा बताउनुभएको हो।

कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष गणेशलाल श्रेष्ठले हाम्रो गाउँ समाजलाई यहि शिक्षाले प्रभाब पारी लागू पदार्थ दूव्र्यसनी मुक्त सभ्य समाज बनाई निकट भविष्यमा एक नमुना गाउँ समाजमा बदल्न सबै शिक्षक विद्यार्थी अभिभावक सरोकारवाला निकाय लगायतको साथ र सहयोगको अपेक्षा लिएको बताउनभयो ।

उक्त कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष तारानाथ भण्डारी ,गजुरी गा.पा कार्यपालिका सदस्य सन्तमान प्रजा, ने.क.पा माओवादी केन्द्र गजुरी गाउँ कमिटीका पार्टी अध्यक्ष सूर्यबहादुर तामाङ लगायतको सहभागीता रहेको थियो।

१० फाल्गुन २०८०, बिहीबार १०:४०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस