|  

गजुरीमा भएको माध्यामिक तह स्तरीय शैक्षिक सामाग्री प्रदर्शनी मेला सप्पन्न

१० फाल्गुन २०८०, बिहीबार १५:२३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी गाउँपालिका र शिक्षा युवा तथा खेलकुद शाखाको संयुक्त आयोजनामा स्थानीय स्तरमा उपलब्ध सामाग्रीहरुबाट निर्मित माध्यामिक तह स्तरीय शैक्षिक सामाग्री प्रदर्शनी मेला आदर्श मा.वि को प्राङ्गणमा सप्पन्न भएको छ।

गजुरी गाउँपालिकाको माध्यमिक तहका ११ बिधालयहरुका विद्यार्थीहरुले बनाएका लोभ हुँदै गएका कलाहरु प्रदर्शन गरेका थिए।

शैक्षिक सामग्री प्रदर्शनी मेलाले विद्यार्थीहरूको शैक्षिक स्तरका साथै विद्यार्थीहरूको बौद्धिक स्तरमा वृद्धि हुने पालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । मेलाले विद्यार्थी, अभिभावक तथा शिक्षकहरूमा भएका फरक फरक प्रकारका क्षमता पहिचान गरेर सीप साझेदार गर्नका लागि पनि प्रदर्शनी मेला उपयोगी भएको उहाँले बताउनुभयो । 

गाउँपालिका भित्रको रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँपालिकाले विगत लगभग २ बर्ष यता विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको शिक्षा युवा तथा खेलकुद शाखा गजुरीका अधिकृत सन्तोष पौडेलले बताउनुभयो।

विद्यार्थीमा पढाइप्रति रुचि र सिकाइ उपलब्धि बढाउन शैक्षिक सामग्रीको प्रदर्शनी मेला उपयोगी भएको आदर्श मा.वि का प्रधानाध्यापक सुरेश कुमार बस्नेतले बताउनुभयो। मेलामा विद्यार्थीहरूले बनाएका विभिन्न विषयसँग सम्बन्धित चार्ट, चित्र, तथ्याङ्क, वाक्यहरू,सामाजिक विषय सँग सम्बन्धित चित्रहरू,विज्ञान विषय सँग सम्बन्धित सामग्रीहरू र कृषि सँग सम्बन्धित परम्परागत सामग्रीहरू प्रदर्शनीमा राखिएको थियो । 

१० फाल्गुन २०८०, बिहीबार १५:२३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस